पवनको राष्ट्रिय कीर्तिमान

काठमाडौं । मित्रराष्ट्र चीनको हाङझावमा जारी चौथो एसियाली पारा खेलकुदको पावर लिफ्टिङमा नेपालका पवन घर्ती मगरले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

एक्सएससी जिम्न्याजिममा भएको पुरुष ४९ केजीमुनिको समूह ‘बी’ को प्रतिस्पर्धामा २८ वर्षीय पवनले ७६ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेको प्रशिक्षक सञ्जय महर्जनले जनाएका छन् ।

यसअघि ७५ केजीको कीर्तिमान पवनकै नाममा थियो । उनले उक्त कीर्तिमान दुबइमा यसै वर्ष भएको विश्व पारा पावर लिफ्टिङ च्याम्पियनसिपमा बनाएका थिए ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  १२ : ०७ बजे