दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

लेबनानबाट इजरायलमाथि आक्रमण सुरु भएको भन्दै सचेत रहन नेपाली दूतावासको आग्रह

​​​​​​​​​​​​​​काठमाडौं – इजरायलस्थित नेपाली राजदूतावासले लेबनानसँगको सीमा क्षेत्रबाट समेत इजरायलमाथि रकेट तथा मिसाइल आक्रमण सुरु भएको भन्दै थप सुरक्षा सतर्कता अपनाउन नेपालीहरूलाई आग्रह गरेको छ।

इजरायलस्थित नेपाली राजदूतावासले सामाजिक सन्जाल फेसबुक मार्फत  लेबनानसँगको सीमा क्षेत्रबाट समेत इजरायलमाथि रकेट तथा मिसाइल आक्रमण सुरु भएको भन्दै सचेत त्यस आसपासमा रहने नेपालीलाई सुरक्षित रहन आग्रह गरेको हो। 

इजरायलमाथि लेबनानसँगको सीमा क्षेत्रबाट रकेट तथा मिसाइल आक्रमण सुरु भएपछी हाल इजरायलले किर्यात सोमनासहितका बस्तीबाट मानिसहरूलाई अन्यत्र सार्न सुरु गरेको समेत दुतावसले जनाएको छ। 

उक्त क्षेत्र आसपास बस्ने नेपालीहरूलाई सुरक्षा प्रोटोकलहरूको पालना गर्न अनुरोध गरेको छ। त्यस्तै आफ्नो क्षेत्रका लागि जारी गरिएका सूचनाबारे तथा आफ्नो सुरक्षातर्फ सचेत रहन दूतावासले अनुरोध गरेको छ।

सुरक्षित आश्रयस्थल नभएका तथा विभिन्न हिसाबले अप्ठ्यारोमा परेको खण्डमा दूतावासमा जानकारी गराउन समेत दुतावासले त्यहाँ रहेका नेपालीलाई आग्रह गरेको छ।

दुतावासले इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई अनलाइन रजिस्ट्रेसन फर्म अनिवार्य भर्न र मेसो नपाउनेले दूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ६ : ४० बजे