एनआरएनका पराजित समूहले लोकतन्त्रको खिल्ली उडाउँदै

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनमा पराजित समूहले समानान्तर कार्यसमिति घोषणा गरेपछि संघको ११औं महाधिवेशन भद्रगोल बनेको छ ।

संघको ११औं महाधिवेशनबाट डा. बद्री केसीसहितको टीम विजयी भएको छ । तर, अनलाइन भोटिङको मतपरिणाम प्रकाशित गर्दा भएको एउटा प्राविधिक त्रुटिलाई लिएर पराजित समूहले बबण्डर मच्चाएको मात्रै छैन, चुनावी परिणाम गरेका पराजितहरूले लोकतन्त्रको खिल्ली उडाउँदै हिजो मध्यरातमा छुट्टै कार्यसमितिको घोषणा समेत गरेका छन् ।

चुनाव परिणाममा उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट खसेको मत संख्या शून्य देखिएको थियो । डा. पौडेलको काठमाडौंबाट झरेको मत शून्य देखिएपछि शर्मा र श्रेष्ठले सिस्टम ‘ह्याक’ गरेर डा.केसी समूहले ‘धाँधली’ गरेको आरोप लगाएका थिए।

एनआरएनएको ११ औं महाधिवेशनमा ४२ सय २७ कुल मतदाता थिए । ती मध्ये ३९ सय ५८ अर्थात् ९३.७ प्रतिशतले मतदान गरेका थिए । काठमाडौंबाट करिव ८ सयले मत खसालेका थिए । ‘भेरो भोटिङ’ले दिएको प्रष्टीकरण अनुसार डा. केशव पौडेलको अन्तिम स्पेलिङमा प्राबिधिक त्रुटि भएको थियो । प्रवासबाट गरिएको मतदानमा डा.पौडेलको अन्तिम अल्फाबेट ‘भी’ कायम भएको थियो । तर नेपालबाट भएको मतदानमा अन्तिम स्पेलिङ ‘बी’ कायम भएको थियो । देशबाहिर अर्थात ‘भी’का मात्रै काउन्ट गरिँदा समस्या उत्पन्न भएको थियो । पछि ‘चेक’ गर्दा नेपालबाट पौडेललाई ३ सय ५६ मत प्राप्त भएको थियो 

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  १० : १६ बजे