गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर – मध्यपुरठिमी नगरपालिका-७ कमेरेटारस्थित सडकमा बा.२० च ३०३१ नम्बरको हात्ती गाडीको ठक्करबाट भारत मोतिहारी घर भई सोही नगरपालिका-७ कमेरेटार डेरा गरी बस्ने गुड्डुलाल साहकी छोरी ४ वर्षीया आदिती साहको आइतबार बिहान मृत्यु भएको छ ।

आफ्नै डेरा अगाडि खेलिरहेको अवस्थामा उक्त गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ५ : १५ बजे