हङकङलाई नेपालको विशाल लक्ष्य

काठमाडौं । नेपालले त्रिकोणात्मक टि२०आई सिरिजको तेस्रो खेलमा हङकङलाई विशाल लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै २१३ रन बनाएको छ ।

नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गरे । मल्लले ९२ रन र ऐरीले ५७ रनको योगदान गरे । 

ओपनर कुशल भुर्तेलले २ रन, आसिफ शेखले २० रन, सोपमाल कामीले ८ रन, कप्तान रोहित पौडेलले ११ रन बनाउँदा सन्दीप जोरा र गुल्सान झाले समान १/१ रन जोडे । 

हङकङका लागि हारुन अरशद र मोहम्मद गजानफरले दुई/दुई विकेट लिँदा आयुष शुक्ला र एजाज खानले समान एक/एक विकेट लिए । 

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  १ : ४२ बजे