मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैयामा यात्रुवाहक बस दुर्घटना भएको छ ।
शुक्रबार अपरान्ह ३ बजे हेटौंडाबाट जुईनातर्फ जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस बकैया गाउँपालिका-५ को तीनतलेमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १५ जना घाइते भएका छन् भने ५ जनाको अवस्था गम्भीर रहेको अस्थायी प्रहरी बिट गरगरेले जनाएको छ ।
घाइतेहरुलाई उपचारको लागि हेटौंडा पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार ८ : ३६ बजे
प्रतिक्रिया