नेपाल प्रहरीले खुलायो इन्सपेक्टर र असईमा भर्ना

​​​​​​​काठमाडौं । नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा भर्ना खुलेकाे छ।

९६ जना इन्सपेक्टर र असई पदमा २६० जनाका लागि भर्ना खुलेको प्रहरी प्रधान कार्यालय, नक्शालले शुक्रबार निकालेको सूचनामा उल्लेख छ।

कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म दरखास्त दर्ता गर्नुपर्नेछ।

इन्सपेक्टर पदको लागि अनलाइनमार्फत् र ‍असई पदको लागि सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ।

इन्सपेक्टर पदका लागि १ हजार २ सय रुपैयाँ राजश्व बुझाउनुपर्ने छ। तर एकभन्दा बढी समूहमा दरखास्त दिँदा भने प्रत्येक समूहको २० प्रतिशत थप दस्तुर लाग्ने छ।

असई पदमा ५०० रुपैयाँ राजश्व बुझाउनुपर्ने छ। एकभन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहका लागि २० प्रतिशत थप दस्तुर लाग्नेछ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  १ : ४९ बजे