असनमा भारी बाेक्ने दुई भरियाकाे मृत्यु

काठमडौं । काठमाडौंको असनमा गम्भीर बिरामी भेटिएका दुईजना मजदुरको उपचारका क्रममा मृत्यु भएको छ ।

आज बिहान दुईजनालाई गम्भीर अवस्थामा फेला पारेपछि प्रहरीले उद्वार गरी अस्पताल पुर्‍याएको थियो ।

मृत्यु हुनेमा दोलखाको कालिन्चोकका ५४ वर्षीय पूर्णबहादुर थामी र अन्दाजी ३५ वर्षका अर्का एक युवक रहेका छन्।

उनीहरू असन क्षेत्रमा भरियाको काम गर्दै आएका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  १ : ३१ बजे