नागढुंगामा कार दुर्घटना, तीन जना घाइते

काठमाडौँ – काठमाडौँबाट धादिङतर्फ जाँदै गरेको कार नागढुंगामा दुर्घटना भएको छ। सडकबाट कार खसेर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । 

घाइते हुनेमा बैतडी घर भएका भवान सिंह रावल, उहाँकी पत्नी वसन्त कुमारी रावल र छोरा सिरिस रावल छन् । घाइतेहरूको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ। 

बा १५ च ९०६४ नम्बरको कार सडक किनाराबाट केही मिटर तल खसेको उपत्यका ट्राफिक प्रहरी जनाएको छ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ९ : ०३ बजे