दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

राष्ट्रपतिले दसैँमा टीका लगाइदिने

​​​​​​​काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन इच्छुकलाई टीका लगाइदिने हुनुभएकाे छ । सर्वसाधारणदेखि राज्यका विशिष्ट पदमा आसीन व्यक्तिहरूलाई समेत उहाँले टीका लगाइदिने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बिहीबार जारी गरेको विज्ञप्तिमा टीका ग्रहणको तालिका उल्लेख छ ।

कात्तिक ७ गते दिउँसो २ देखि बेलुका ५ बजेसम्म राष्ट्रपतिले टीका र प्रसाद प्रदान गर्नुहुनेछ । 

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ३ : २९ बजे