दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

शेयरबजारमा ६ अंकको गिरावट

काठमाडौं । शेयरमा अघिल्ला दुई कारोबार दिनमा देखिएको उत्साह बिहीबार भने टुटेको छ । आज शेयरबजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ६ अंकको गिरावट भएको हो ।

कारोबार बन्द हुँदा नेप्से सूचक १९०१.८९ बिन्दुमा झरेको छ । आजको कारोबारमा जम्मा ८० कम्पनीको शेयरमूल्य वृद्धि भए पनि १५० कम्पनीको मूल्यमा भने गिरावट आएको छ । ६ कम्पनीको शेयरमूल्यमा कुनै परिवर्तन आएको छैन ।

बिहीबार ९७ करोड ६१ लाख रुपैयाँको कारोबार हुँदा सिटिजन्स म्युचुअल फण्ड-२ का लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन्‌ । अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनीका लगानीकर्ताहरूले प्रतिकित्तामा २२ रुपैयाँ गुमाउँदै सर्वाधिक नोक्सानी ब्यहोरेका छन्‌ ।

नबिल बैंक लिमिटेड प्रमोटर शेयरको सर्वाधिक कारोबार भएको छ । यो कम्पनीको ५ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

यसअघि नेप्से मंगलबार १३.१८ र बुधबार ४३.२७ अंकले बढेको थियो । तर, साताको अन्तिम कारोबार दिनमा वृद्धि टिकाउन कारोबारीहरू असफल भएका हुन्‌ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ३ : २९ बजे