नेपालसँग हङकङ ६ विकेटले पराजित

काठमाडौं – काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । 

बिहीबार भएको खेलमा हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । 

टस जितेर बलिङ रोजेको नेपालले हङकङलाई ९४ रनमा सीमित गर्दै १३.५ ओभरमा लक्ष्य पूरा गर्‍यो ।

 नेपालका आसिफ शेखले सर्वाधिक ४२ रन बनाए ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  २ : ४८ बजे