काठमाडौं । गत असोज ११ गते दोलखाको सिंगटीबाट बरामद ११ किलो सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।
प्रहरीले रसुवाका ३८ वर्षीय चेतनाथ न्यौपानेलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
न्यौपानेले तस्करी भएर आएको सुन खरिद गर्ने गरेको खुलेको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जानकारी दिएको छ । यो प्रकरणमा हालसम्म ११ जना पक्राउ परिसकेका छन् ।
प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार १ : ०० बजे
प्रतिक्रिया