करन र सोमपालको घातक बलिङ, हङकङको चौथो विकेट पतन

काठमाडौं । त्रिकोणात्मक टी- २० आई सिरिज अन्तर्गत हङकङसँगको खेलमा नेपालले चार विकेट झारेको छ । मूलपानी रंगशालामा भएको खेलमा करण केसीले ३ र सोमपाल कामीले १ विकेट लिएका हुन् । 

केसीले पहिलो बलमै विकेट लिएका थिए । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले पहिलो बलमै कप्तानलाई गुमाएको हो ।

हङकङले पहिलो विकेटका रुपमा कप्तान निजाकत खान र अर्का ओपनर अंशुमान रथलाई गुमायो । रथले ७ रन बनाउँदा बाबर हायातले ५ र मार्टिन कोइट्जीले २ रन बनाए ।

५ ओभरको सामाप्तिसम्म हङकङले ४ विकेट क्षतीमा १५ रन बनाएको छ । नेपालका लागि करणले ३ ओभर बलिङ गर्दै १० रन तथा सोमपालले २ ओभरमा ५ रन खर्चिए ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ११ : ४५ बजे