नेपालले साउदीविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ – एसीसी यू–१९ प्रिमियर कपमा नेपालले आज समूहको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्दैछ ।

मलेसियामा जारी खेलमा नेपालले साउदीविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । साउदीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको हो ।

समूह ‘ए’मा नेपाल र साउदी दुवैले यसअघि इरान र बहराइनलाई हराउँदै दुई/दुई खेल जितेका छन् । समान ४ अंक भएपनि नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा छ ।

यस खेलको विजेता सेमिफाइनल पुग्नेछ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ८ : १९ बजे