दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

एम्बुलेन्समा गाँजा ओसारपसार गर्ने भारतीय नागरिक पक्राउ

वीरगञ्ज । एमबुलेन्सबाट गाँजा ओसारपसार गर्ने भारतीय एम्बुलेन्स चालकलाई प्रहरीले पक्राउ गरेकाे छ । 

भारतीय नम्बर बीआर ०५ पीबी ५५२३ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिई प्रहरीले बुधवार (आज) बाराबाट पक्राउ गरेकाे हाे । 

गाँजा ‌ओसारपसार गरिरहेकेा विशेष सूचनाका आधारमा प्रहरीले देश भारत, जिल्ला मोतीहारी, पूर्वी चम्पारण, गाविस झिटकैया बस्ने ३२ वर्षीय रामविश्वास पासवानलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । 

पासवानको साथबाट साढे दुई किलो गाँजासमेत बरामद गरिएको प्रहरीले जनाएकाे छ। पक्राउ परेका पासवानलाई एम्बुलेन्ससहित प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ३ : ५४ बजे