धरहराबाट उपत्यका नियाल्ने रहर

मार्फामा बढ्दै पर्यटक

बुढापाकालाई गाउँ रित्तिने चिन्ता

द्वन्द्वग्रस्त इजरायलको भ्रमण गर्दै बाइडेन कसरी हुन्छ सुरक्षा ?

काठमाडौँ । अक्टोबर १६ मा तेल अभिभमा इजरायली संसदको शीत सत्रको पहिलो दिन थियो। संसद् सुरु भएको केही मिनेट मात्रै हुन थालेको थियो अचानक साइरन बज्न थाल्यो। साइरन बज्दा एक महिला सांसद बोल्दै थिइन् । हतारहतार भाषण बन्द गर्दै सबै सांसद र प्रधानमन्त्री बेन्जामिन नेतान्याहू बंकरभित्र छिरे। केही समयपछि कामकारबाही फेरि सुरु भयो।

अहिले इजरायलको अवस्था यस्तै छ। यो अवस्थामा ८० वर्षीय अमेरिकी राष्ट्रपति जो बाइडेन बुधबार (आज) इजरायल जाँदै छन्। हमासले इजरायलमाथि निरन्तर सशस्त्र हमला गरिरहेका बेला उनको भ्रमण हुँदैछ। यसरी हेर्दा इजरायलमा राष्ट्रपति बाइडेनका लागि राजनीतिक मात्रै नभएर सुरक्षा पनि ठूलो चुनौती हुने देखिन्छ। राष्ट्रपति बाइडेनले बंकरमा शरण लिनुपर्ने पनि हुन सक्छ।

घण्टौंको बहसपछि तेल अभिभ जाने निर्णय

राष्ट्रपति बाइडेनले इजरायल जानुअघि आफ्ना उच्च अधिकारी एवं सल्लाहकारसँग कुराकानी गरेका थिए । इजरायल यात्रालाई लिएर घण्टौँ बहस पनि भयो। बहसमा इजरायली प्रधानमन्त्री नेतान्याहूको निमन्त्रणा स्वीकार गर्नुपर्ने निष्कर्ष निस्कियो। त्यसपछि नै बाइडेन तेल अभिभ जान तयार भएका हुन् । 

सोमबार राति प्रेस मिटिङमा अमेरिकी नेसन सेक्युरिटी काउन्सिल (राष्ट्रिय सुरक्षा परिषद्) का प्रवक्ता जोन किर्बीले राष्ट्रपति बाइडेन तेल अभिभ मात्रै नभएर जोर्डन पनि जाने र त्यहाँ जोर्डनसहित इजिप्ट र प्यालेस्टाइनी नेतासँग छलफल गर्ने बताएका थिए । 

इजरायलमा अमेरिकाको ‘सेक्रेट सर्भिस’

अहिलेसम्म बाइडेन १० पटक इजरायल गइसके । उनी पहिलोपटक सन् १९७३ मा अरब–इजरायल युद्ध हुनुअघि तेल अभिभ गएका थिए । त्यतिबेला उनी सांसद मात्रै थिए । त्यस्तै, उनकाे पछिल्लो इजरायल भ्रमण गत वर्ष जुलाईमा भएको थियो। त्यतिबेला नेतान्याहू प्रधानमन्त्री थिएनन् ।

बाइडेनको सुरक्षा जिम्मा सेक्रेट सर्भिसमाथि

राष्ट्रपति बाइडेनको सुरक्षा जिम्मा सेक्रेट सर्भिससँग हुन्छ। यो एजेन्सी १८६५ मा बनेको थियो। यद्यपि राष्ट्रपतिको सुरक्षाको जिम्मा भने १९०१ मा दिइएको थियो। यसका लागि ७ हजार एजेन्ट र अधिकारी सेक्रेट सर्भिसमा काम गर्छन्, जसमा महिला पनि छन्।

इजरायलमा बाइडेनको राजनीतिक चुनौती

इजरायली सेनाले हमासविरुद्ध थल (जमिनबाट गरिने) कारबाहीको तयारी पूरा गरेको छ। अब सरकारले हरियो झन्डा दिन मात्रै बाँकी छ। यस्तो स्थितिमा इजरायल अमेरिकाले हमासविरुद्धको कारबाहीमा राजनीतिक र आर्थिक रुपले सहयोग गरोस् भन्ने चाहन्छ।

अहिले इजरायलले अमेरिकासँग १० अर्ब डलरको सैन्य सहयोग मागेको छ। यसका लागि नेतान्याहूले बाइडेनलाई मनाउन कोसिस गर्नेछन्। त्यस्तै, गाजामा थल कारबाहीको समर्थन पनि जुटाउन कोसिस गर्नेछ।

 

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  १ : ०४ बजे