दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

दैनिक  एकसय १३ वटा विमानले अन्तर्राष्ट्रिय उडान गर्दै

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक  एकसय १३ वटा विमानले उडान र अवतरण गर्न थालेका छन् ।

विमानस्थल कार्यालय अनुसार सरदर दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान/अवतरण हुने विमानस्थलमा आइतबार एकैदिन दुईतर्फी एकसय १३ उडान/अवतरण भएको जनाएको हो ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आज पनि अन्तर्राष्ट्रियतर्फ एक सय १० बिमानहरुले उडान/अवतरण हुने बताएका छन् । त्रिभुवन विमानस्थलबाट तीन नेपालीसहित ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् ।

नेपालीहरुको ठुलो चाड दसैँ र पर्यटकीय याम समेत सुरु भएकाले विदेशबाट नेपाल आउनेको सङ्ख्या ह्वात्तै बढेको छ ।

त्यस्तै आन्तरिकतर्फ दैनिक दुईतर्फी तीन सय उडानबाट करिब १५ हजार यात्री आवतजावत गरिरहेका छन् ।  नेपालमा हाल १२ हेलिकप्टर कम्पनीसहित २० वटा वायुसेवा कम्पनीले उडान  भर्दै आएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ११ : ०७ बजे