दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

ठूलो रकमसहित चिनियाँ मूलका भारतीय नागरिक टीआईएबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) बाट प्रहरीले ठूलो रकमसहित चिनियाँ मूलका भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन छन् ।

उनलाई आज दिउँसो चीनको सिचुआन प्रान्तबाट काठमाडौं आएर भारतको राजधानी नयाँदिल्लीतर्फ जान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट १६ हजार ४३० अमेरिकी डलर, ५४ हजार ४५१ चिनियाँ युआन र पाँच हजार भारतीय रुपैयाँ बरामद गरिएको छ । साथै, छोदेनको साथमा भारतीय राहदानी भएको पनि प्रहरीले नजाएको छ ।

छोदेनलाई प्रहरी वृत्त गौशालामा राखी आवश्यक अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ६ : २४ बजे