तीनकुनेको भ्याली पेट्रोल पम्प सिल

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित भ्याली पेट्रोल पम्प सिल गरिएको छ ।

काठमाडौंका केही पम्पमा कम मात्रामा पेट्रोल वितरण हुने गरेको गुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा छड्के जाँच गरिएको थियो ।

भ्याली पेट्रोल पम्पले कम मात्रामा पेट्रोल वितरण गर्दै उपभोक्तालाई ठगेको पाइएपछि सिल गरिएको हो ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ५ : ३९ बजे