इजरायलमा सम्पर्कबिहीन विपिन जोशीको खोजीका लागि कतारमार्फत पहल गर्दै नेपाल

काठमाडाैँ । परराष्ट्रमन्त्री एनपी साउदे इजरायलमा सम्पर्कबिहीन विपिन जोशीको खोजीका लागि महाससँग सम्बन्ध भएका देशहरूसँग पहल भइरहेको बताएका छन् ।

सोमबार काठमाडौंमा सुदूरपश्चिम पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा उनले जोशीको खोजी कार्य तीव्र रुपमा भइरहेको बताएका हुन् । 

उनले भने, ‘हराइरहेका दिपक जोशीको खोजीका लागि इजरायल सरकारसँग मात्र नभएर हमाससँग सम्बन्ध रहेका भनिएका खाडीका मुलुकहरूसँग पनि छलफल भइरहेको छ ।’ हमासको सम्बन्धन खाडीको कतारसँग राम्रो भएको बताइन्छ । कतारसँग नेपालको सम्बन्ध पनि राम्रो छ । कतारसँग पहल गरेको मन्त्री संकेत गरे पनि कुन देशसँग हो भन्ने विषयमा भने खुलाएनन् । 

सात अक्टुबरमा इजरायलमा हमासले आक्रमण गर्दा १० जना नेपालीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । एक जना हराइरहेका छन् । हराइरहेका जोशीलाई हमासका लडाकुले आफूसँगै लिएको नेपाल फर्किका नेपाली विद्यार्थीहरूले बताएका छन् । 

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ५ : ४८ बजे