दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ जना चालक पक्राउ

काठमाडौँ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले पठाओ र इनड्रइभका नाममा अफलाइन राइड गर्ने ८३ चालकलाई कारबाही गरेको छ ।

काठमाडौँका विभिन्न स्थानबाट अनधिकृत तवरले सर्वसाधारणलाई ओसारपसार गर्ने ‘अफलाइन राइड ट्रिप’ क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा विगतका केही आपाराधिक घटनामा यस्ता सवारी चालकको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलतालाई दृष्टिबाट सदैव जोखिम सिर्जना हुने भएको कारणले अफलाइन राइड शेयर नगर्ने तर्फ सचेत रहन अनुरोध गरिएको छ ।
 

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  २ : ५७ बजे