दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने

काठमाडौँ –दसैँका लागि आजदेखि खसी, बोका र च्याङ्ग्रा सहुलियतमा बिक्री गरिने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि सहुलियतमा खसी, बोका र च्याङ्ग्रा बिक्री गर्न लागेको हो । 

धादिङ, मकवानपुर, रसुवा र दाङबाट खरिद गरिएका खसी, बोका र च्याङ्ग्रा आज बिहान काठमाडौँ ल्याएर बिक्री सुरु गरिने कम्पनीले जनाएको छ । 

कम्पनीले खसी, बोका र च्याङ्ग्रा बागमती प्रादेशिक कार्यालय थापाथलीबाट बिक्री गर्नेछ । कम्पनीले यसवर्ष खसी, बोका र च्याङ्ग्रा खरिदका लागि ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याएको जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ७ : ५७ बजे