दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

दसैंभर बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने

काठमाडौं ।  सर्वोच्च अदालतमा दसैं अवधिभर बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने भएको छ। त्यसका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ।

न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम विजया दशमी र त्यो अवधिमा पर्ने शनिबार दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहनेछ।

सर्वोच्च अदालतले सूचना जारी गर्दै दसैं अवधिमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ हुने जानकारी गराएको हो। सर्वोच्च प्रशासनका अनुसार घटनास्थपनादेखि कोजागत पूर्णिमाका दिनसम्म अदालत बन्द हुनेछ। 

सर्वोच्चले बन्दी प्रत्यक्षीकरणका रिट निवेदनमाथि फैसला गर्ने न्यायाधीशहरूको सूची समेतसार्वजनिक गरेको छ।
  

 

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  २ : १७ बजे