यू–१९ प्रिमियर कप: दीपेशको ६ विकेटमा नेपाललाई ७८ रनको झिनो लक्ष्य

काठमाडौँ । एसिसी यू–१९ प्रिमियर कपमा बहराइनले नेपाललाई ७८ रनको झिनो लक्ष्य दिएको छ ।

मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको बहराइन ३७.५ ओभरमा ७७ रन बनाएर अल आउट भयो ।

बहराइनलाई ७७ रनमा स्तब्ध पार्न नेपालका स्पिनर दीपेश कँडेलले घातक बलिङ गर्दै ६ विकेट लिए । दीपेशले ९.५ ओभरमा ८ मेडनसहित ४ रन खर्चेर ६ विकेट लिए । यस्तै, तीव्र गतिका बलर दुर्गेश गुप्ताले ८ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ४ विकेट लिए ।

बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले सर्वाधिक ३४ रन बनाए । हाकिमबाहेक बहराइनका अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बहराइनका चार खेलाडि शुन्य रनमा आउट भए । नेपालले १७ रन एक्स्ट्रा दिएको थियो ।

 

 

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ११ : १६ बजे