विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

नारायणघाट–काठमाडौँ सडकमा मालवाहक गाडी चलाउन नपाइने

काठमाडौँ – नारायणघाट–काठमाडौँ सडकमा ट्रक, ट्रेलर लगायतका ठूला मालवाहक गाडी चलाउन नपाइने भएको छ ।

आजदेखि कात्तिक ८ गतेसम्म यातायात व्यवस्था विभागले दशैँको बेलामा गाडीको चापलाई मध्यनजर गर्दै ट्रक, ट्रेलर लगायतका ठूला गाडी चलाउन रोक लगाएको हो । 

विभागले खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने गाडीलाई भने नरोकिने जनाएको छ ।

ठूला गाडीले बाटो जाम बनाउने भएकाले दशैँका यात्रुलाई गन्तव्यसम्म पुग्न सहज होस् भनेर यस्तो निर्णय गरिएको हो ।

विभागका अनुसार ठूला मालवाहक गाडीलाई कात्तिक ८ गतेसम्म नारायणघाटमै रोकिनेछ ।

प्रत्येक वर्ष काठमाण्डाैबाट दशैँ मनाउनका लागि २० लाखभन्दा बढी व्यक्ति उपत्यकाबाट बाहिरिने गरेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ८ : ५० बजे