तीन महिनामा मनाङ एयरको हेलिकोप्टर दुईपटक दुर्घटना, क्यानले गर्‍यो निलम्बन

काठमाडौं । मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट निलम्बन गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले शनिबार एक सूचना जारी गर्दै निलम्बन गरिएको बताएको छ । यो निलम्बन अर्को सूचना जारी नहुँदासम्म लागू हुनेछ । 

तीन महिनाभित्र दुईपटक हेलिकोप्टर दुर्घटनमा परेपछि क्याले निलम्बन गर्नुपरेको बताएको छ । शनिबार सो कम्पीको ९ एन–एएनजे कलसाइनको हेलिकप्टर ओखलढुंगाबाट सोलुखुम्बु जाँदै गर्दा लोबुचेमा दुर्घटनामा परेको थियो । हेलिकोप्टर दुर्घटनामा कुनै मानवीय क्षति नभए पनि पाइलट पीके सेढाइँ घाइते भएका थिए ।

यसअघि मनाङ एयरको नाइन एन एएमभी कलसाइनको हेलिकप्टर २६ असारमा पनि दुर्घटनामा परेको थियो ।  

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  २ : ४८ बजे