काठमाडाैँ । सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री पुष्पकामल दाहाल प्रचण्डले संसद अन्त्यको विषयमा दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।
‘भोलि राति १२ बजेदेखि संसद अन्त्य गर्ने विषयमा छलफल भएको छ,’ जसपाका प्रमुख सचेतक प्रदीप यादवले भने ।
२८ असोजमा दसैँको पहिलो दिन घटस्थापना परेकाले त्यसअघि नै अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको हो ।
प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार ३ : २५ बजे
प्रतिक्रिया