दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

मासु धेरै खाएको निहुँमा भिनाजुले कुट्दा सालाको मृत्यु

स्याङ्जा । भीरकोट नगरपालिका–२ केगाँमा भिनाजुको कुटाइबाट घाइते सालाको मृत्यु भएको छ ।

७२ वर्षीय भिनाजु ठगबहादुर विकको कुटाइले ३ महिना पहिला घाइते भएका बिरुवा ७ सपौदेका ४५ वर्षीय मनबहादुर विकको मृत्यु भएको हो ।

मनबहादुर लामो समयबाट भिनाजुको घरमा काम गरेर बस्दै आएका थिए ।

गत असार २२ गते मासु धेरै खाएको भन्दै भिनाजुले काठको चिर्पटले टाउकोलगायतका ठाउँमा हान्दा मनबहादुर गम्भीर घाइते भएका थिए ।

भिनाजुको कुटाइले घाइते सालाको आइतबार साँझ मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाले बताए ।

सालालाई कुटपिट गर्ने भिनाजुलाई ज्यान उद्योग मुद्दामा जिल्ला अदालतले गत साउन २२ गते पुर्पक्षका लागि जिल्ला कारागार चलान गरेको खनालले बताए ।

घाइते साला पश्चिमाञ्चल अस्पताल पोखरा उपचारपश्चात् घर फर्के पनि घाउमा किरा परेका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  २ : ५५ बजे