दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

पेट्रोल छर्केर आगो लगाउने एक जना पक्राउ

काठमाडौँ –सहकर्मीमाथि पेट्रोल छर्केर आगो लगाएर भागेका एक जना पक्राउ परेका छन् । 

गएको सोमबार पर्साका शिवु भनिने २६ वर्षीय सुवास विकले ललितपुरको ग्वार्कोस्थित एसबी ह्यान्डग्राफीमा कार्यरत पर्साकै २४ वर्षीय अरुण विश्वकर्मामाथि पेट्रोल छर्केर आगो लगाएर फरार भएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान करिब साढे ९ बजे उनलाई प्रहरीले काठमाडौँको सुन्धाराबाट पक्राउ गरेको हो ।  दुवै जना ह्यान्डग्राफीमा कार्यरत कर्मचारी भएको महानगरीय अपराध महाशाखाले जनाएको छ । 

सुवासले पेट्रोल छर्केर आगो लगाउँदा अरुणसहित तीनजना घाइते भएका छन् । आगो सल्किएर सोही स्थानमा रहेका अरू दुई व्यक्ति समेत घाइते भएका प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार कीर्तिपुरस्थित बर्निङ अस्पतालमा घाइतेको उपचार भइरहेको छ । पक्राउ परेका सुवासलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  १० : २७ बजे