दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

मेयरलाई ३ वर्ष कैद, १५ लाख जरिवाना

रौतहट । विशेष अदालतले मेयर गोपाल राय यादवलाई ३ वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना गरेको छ। 

​​​​​​​ रौतहटको फतुवा विजयपुरको मेयर गोपाल राय यादवले लाल बकैया नदीको उत्खनन सम्बन्धी ठेक्का रद्ध गरेर नगरपालिकालाई हानी नोक्सानी पुर्‍याएको ठहर गर्दै विशेष अदालतले ३ वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना गरेको हो ।

बुधबार विशेष अदालतले मेयर यादवलाई कसुर ठहर्‍याएपछि सजाय सुनाएको थियो । उनीविरुद्ध २०७९ सालमा विशेष अदालतमा मुद्दा दायर भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जना जनप्रतिनिधिसहित २१ जनालाई प्रतिवादी बनाएकोमा मेयर यादव मात्र दोषी ठहर भएका थिए ।

लालबकैयाको ठेक्का प्रचलित ऐन, कानुन तथा नियम विपरीत रद्द भएको  अख्तियारको ठहर रहेको थियो।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ८ : २९ बजे