गाजा पट्टीका दृश्यहरू हेर्न धेरै गाह्रो हुनेछ : इजरायली सेना

काठमाडौं । इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल जोनाथन कन्रिकसले गाजा पट्टीका दृश्यहरू हेर्न धेरै गाह्रो हुने बताएका छन् ।

लेफ्टिनेन्ट कर्नल कन्रिकसले एक भिडियो वक्तव्यमा भनेका छन्, “हामीले ठूलो क्षति बेहोर्नुपरेको छ, तर यसले हामीलाई रोक्न सक्दैन र यसले हाम्रो संकल्पलाई कमजोर बनाउँदैन। यो लडाई जारी रहनेछ र गाजा पट्टीका दृश्यहरू हेर्न धेरै गाह्रो हुनेछ।”

इजरायल र गाजामा बढ्दो मृत्युको संख्याको बीचमा इजरायली सेनाले “लडाई तीव्र हुने” चेतावनी दिएको छ।

इजरायली सेनाले मङ्गलबार राति गाजाका २०० वटा लक्ष्यमा आक्रमण गरेको जनाएको छ । हालसम्मका तथ्याङ्क अनुसार  इजरायलमा १२ सय र गाजामा ९ सय जनाको ज्यान गएको छ ।

१२ वर्षपछी यस्तो तीव्र आक्रमण भएको मानवअधिकारकर्मीहरू बताउँछन्।

इजरायली सेनाको तीब्र आक्रमणका कारण गाजा क्षेत्रको कुनै पनि ठाउँ सुरक्षित छैन।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ४ : १८ बजे