दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सेना,प्रहरी र सशस्त्रका छैनन् प्रमुख : निमित्तको पनि निमित्तका भरमा छाडेर उडे विदेश

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर गए शनिवार बेलायत उडे । प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईलाई प्रहरी कमान्डिङ्काे सम्पूर्ण जिम्मा दिएर उनी बेलायत उडेका हुन् । 

कुँवर बेलायत उडेको पर्सी पल्टै प्रहरी प्रशासनको सम्पूर्ण जिम्मेवारी लिएका राई पनि अमेरिका उडे । राईले पनि अतिरिक्त महानिरीक्षक दिपक थापालाई सम्पूर्ण जिम्मेवारी सुम्पिएर अमेरिका उडे । 

अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा २७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने एक कार्यक्रमको लागि उनी आजैदेखि अमेरिका गएका हुन् । 

यता नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा पनि बेलायत उडेका छन् । ​​​​​​​सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल पनि हिजो अमेरिका गए । 

महानिरीक्षक कुँवरसँग प्रहरी नायव महानिरीक्षक विष्णु कुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षकद्वय दान बहादुर कार्की र शेखर खनाल भ्रमणमा सहभागी छन्।

त्यस्तै निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईका साथै प्रहरी नायव महानिरीक्षकद्वय दुर्गा सिंह र केदार ढकालसँगै उडेका छन् । 

मुलुकमा शान्ति सुरक्षाको थ्रेड बढिरहेको बेला नेपाल प्रहरीका उच्च उच्च नेतृत्व विदेश भ्रमणमा छन्। सबै नेतृत्व ह्वारह्वारती विदेश उडेका बेला यता मुलुकमा भने सुरक्षाको थ्रेड बढिरहेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  १ : ०८ बजे