हमास-इजरायल युद्ध (अपडेट)

एजेन्सी । हमास र इजरायलबीच जारी युद्धको चार दिन पूरा भएको छ । गाजा र इजरायलको अवस्था अहिले कस्तो छ, ताजा अपडेटहरू जान्नुहोस्।

इजरायलमा भएको रक्तपातपूर्ण भिडन्तमा मृत्यु हुनेको संख्या १२ सय पुगेको छ भने गाजामा ९०० भन्दा बढीको मृत्यु भएको छ ।

दुबै तर्फबाट लगातार आक्रमण भैरहेको छ । इजरायलले आक्रमणमा हमासका दुई वरिष्ठ अधिकारी मारिएको दाबी गरेको छ ।

इजरायली रक्षा मन्त्री योभ गालान्टले भने – गाजाको अवस्था "अब पहिलेको जस्तो हुनेछैन।"

अमेरिकी सैन्य उपकरण बोकेको विमान इजरायल पुगेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई आफ्नो समर्थन पुनः दोहोर्याएका छन् ।

एक इजरायली जनरलले आफ्नो कोठामा सुतिरहेका बालबालिकालाई मारिएको र इजरायली सैनिकको टाउको काटिएको बताएका छन् ।

गाजाको बिजुलीको अन्तिम स्रोत चाँडै नै ईन्धन समाप्त हुन सक्छ, एक युद्ध डाक्टरले गाजाको स्वास्थ्य प्रणाली "एक हप्ता भित्र ध्वस्त हुन सक्छ" चेतावनी दिए। इजरायलले गाजामा बिजुली र इन्धन आपूर्ति बन्द गरेको छ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ११ : १४ बजे