इजरायल–गाजा सीमावर्ती क्षेत्रका ५५ नेपालीलाई सुरक्षित स्थानमा सारियो

काठमाडौँ – इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको छ । 

इजरायलस्थित नेपाली राजदूतावासका अनुसार इजरायली सुरक्षा संयन्त्रको सहयोगमा  ५५ जना नेपाली विद्यार्थीलाई उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको हो । 

यस्तै इजरायलको उत्तरी सिमाना आसपासमा उद्धारको पर्खाइमा रहेका ७२ नेपाली विद्यार्थीलाई अझ सुरक्षित ठाउँमा सारिएको दूतावासले जनाएको छ । 

दूतावासका अनुसार नेपाल फर्कन इच्छुक नेपालीलाई अनलाइन रजिष्ट्रेशनमा ३५० भन्दा बढीको विवरण प्राप्त भइसकेको र उनीहरूको सुरक्षित स्वदेश फिर्तीको प्रक्रिया सुरु गरिएको छ । 

असोज २० गते प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा १० नेपालीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  १० : १२ बजे