काठमाडौं । काठमाडौंको सुन्धारास्थित एक गेस्ट हाउसमा १७ वर्षीया युवती मृत भेटिएकी छिन् । ललितपुरको इमाडोलकी नीता राउत मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरीले विषको बट्टा पनि फेला पारेको छ । प्रहरीका अनुसार किशोरी श्रीगुरु गेस्ट हाउसमा असोज ८ देखि बस्दै आएकी थिइन् ।
प्रेमीले पैसा सकिएर आइतबार आफू बाहिर निस्किएको र सोमबार बिहान गएर हेर्दा कोठामा मृत भेटिएको बयान दिएका छन् ।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ ।
प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार ३ : ०१ बजे
प्रतिक्रिया