दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

इजरायलबाट फर्किन चाहनेलाई दुईवटा विमान ‘स्ट्यान्डबाई’

काठमाडौं । सरकारले युद्वग्रस्त इजरायलबाट स्वदेश फर्किन चाहनेका लागि दुईवटा जहाज ‘स्ट्यान्डबाई’ राखिएको जानकारी दिएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्स तयारी अवस्थामा राखिएको जानकारी दिनुभएकाे हाे ।

मन्त्री साउदले स्वदेश फर्किनका लागि हालसम्म २ सय जनाले नेपाली राजदूतावासमामा आवेदन दिएको जानकारी पनि गराउनुभएकाे छ ।

उहाँले इजरायलमा ४५ सय केयर गिभर र २६५ बिद्यार्थी रहेकोमा दक्षिणी क्षेत्रमा हमासको आक्रमणमा १० जनाको निधन भएको, ४ जनाको उपचार भइरहेको र एकजना बेपत्ता रहेको पनि जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १ : २१ बजे