१५ सय हमास लडाकु मारिए

एजेन्सी । इजरायली सेनाले हमास समुहकाे १५ सय लास फेला पारेकाे बताएकाे छ ।

गत शनिवारदेखि भएकाे युद्धमा इजरायल र हमास समुहकाे लडाईमा १५ सय लडाकु मारिएकाे इजरायलले दाबी गरेकाे हाे । 

बीबीसीले गाजा पट्टी नजिकका सबै इजरायली समुदायको निकासी लगभग पूरा भएको जनाएकाे छ । 

इजरायलले गाजामा पूरा घेराबन्दी गर्दै साेमवारबाट विजुली,पानी, खाद्यन्न र इन्धनको आपूर्ति रोकिदिएको छ । याेसँगै अब गाजामा मानवीय सङ्कट देखिने भएकाे छ ।

प्यालेस्टाइनी अधिकारीहरूले यदि आपूर्तिको  अनुमति दिइएन भने गाजा स्ट्रीपमा नयाँ मानवीय संकट उत्पन्न हुने चेतावनी दिएका छन् ।

शनिबार बिहान हमासको आक्रमण सुरु भएपछि इजरायलले गाजामा खाद्यन्न र औषधिसहित सबै  इमरजेन्सी वस्तुको सप्लाई रोक्ने निर्णय गरेको हो । 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १२ : १३ बजे