लुम्बिनीका अर्थमन्त्री चढेको गाडी दुर्घटना

काठमाडाैँ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की चढेकाे पजेराे दुर्घटनामा परेको छ । 

सोमबार तुलसीपुर उपमहानगरपालिका–१२ शीतलपुरमा कार्यक्रम सकेर फर्किँदै गर्दा दुर्घटनामा परेको हो । 

लु १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेकाे प्रहरीले जनाएकाे छ । 

गाडी के कारणले दुर्घटनामा परेकाे भन्ने नखुलेकाे प्रहरीले जनाएकाे छ । गाडीमा पाँच जना सवार रहेका थिए । सवार पाँचै जना सकुसल रहेकाे प्रहरीले जनाएकाे छ । 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ५ : ३८ बजे