इजरायलमा रहेका नेपालीकाे उद्दारका लागि आवश्यक पहल गर्न पूर्वराष्ट्रपति भण्डारीद्वारा ध्यानाकर्षण

​​​​​​​काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलमा मृत्यु भएका नेपाली नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

पूर्व राष्ट्रपति भण्डारीले शनिवार इजरायलमाथि भएको हमासको हमलामा परी मृत्यु भएका १० नेपाली नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । इजरायली सेना र प्यालेस्टिनी लडाकु समूह हमास बीचको द्वन्द्वमा परी नेपाली नागरिकसहित सयौँले ज्यान गुमाएको र हजारौँ घाइते समेत भएको समाचारले आफूलाई दुःखित बनाएको बताउनुभएको छ ।

भण्डारीले सामाजिक सञ्जाल ट्विटरमार्फत ट्विट गर्दै  ‘इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बिचको द्वन्द्वमा परी १० जना नेपाली नागरिक सहित सयौँले ज्यान गुमाएको खबरले अत्यन्त दुःखी बनाएको छ । म मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दछु ।  साथै, त्यहाँ रहेका नेपाली नागरिकहरूको सकुशल उद्धार गर्नुका साथै उनीहरूको सुरक्षाको लागि आवश्यक पहल गर्न  म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु ।’ उल्लेख गर्नुभएको छ ।

उहाँले शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।  साथै, त्यहाँ रहेका नेपाली नागरिकहरूको सकुशल उद्धार गर्नुका साथै उनीहरूको सुरक्षाको लागि आवश्यक पहल गर्न  समेत नेपाल सरकारलाई गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  २ : ०७ बजे