दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

इजरायलमा रहेका नेपालीको उद्दार तथा सहजीकरणको काम सुरु

काठमाडौँ– नेपाल सरकारले इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीलाई उद्दार तथा सहजीकरहणको काम सुरु गरेको छ ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि मन्त्रालयका प्रवक्ता सेवा लम्सालसहिछ ६ जनालाई सम्पर्क व्यक्ति तोक्दै टेलिफोन नम्बर समेत उपलब्ध गराएको छ ।

मन्त्रालयले लम्सालसहित सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाललाई सम्पर्क व्यक्ति तोकेको छ ।

यस्तै, इजरायलको तेल अबिवस्थित नेपाली राजदूतावासकी राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई पनि सम्पर्क व्यक्ति तोकिएको छ ।

सरकारले सम्बन्धित सम्पर्क व्यक्तिमार्फत इजरायल सरकारसँग समन्वय गरी विवरण संकलनका लागि अनलाईन रजिष्ट्रेसनको समेत व्यवस्था गर्दैछ ।

इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा तेल अबिवस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सम्पर्क विवरण उपलब्ध गराइएकोले सम्बन्धित व्यक्ति मार्फत आवश्यक जानकारी लिन र सम्पर्कमा रहन मन्त्रालयले भनेको छ ।

हमासले शनिबार इजरायलमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको छ । मृतकको शव ल्याउन इजरायल सरकारसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ९ : २० बजे