दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला

काठमाडौँ – दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । 

शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच सहमति भएपछि आजदेखि बुकिङ खुला गरिएको हो ।

दसैँको अवधिमा काठमाडौँ उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ । 

अनलाइनबाट पनि टिकट बुकिङ गर्न सकिने यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ७ : २२ बजे