दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

विद्यालय शिक्षा विधेयकमाथि संशोधनको बाटो खुल्यो

काठमाडौं । विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधन आह्वान गरिएको छ। आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले विधेयकमा संशोधन चाहनेले ७२ घण्टाभित्र दिन भन्नुभएकाे हाे । 

विधेयक स्वीकृत भएसँगै यो विधेयकमाथि संशोधनको बाटो खुलेको छ । 

‘प्रतिनिधि सभा नियमावली २०७९ को नियम ११२ बमोजिम संशोधन पेश गर्न चाहनुहुने माननीय सदस्यहरूले ७२ घण्टाभित्र विधेयक शाखा, प्रतिनिधि सभा, संघीय संसद् सचिवालय सिंहदरबारमा दिन सक्नुहुनेछ’, सभामुख घिमिरेले भन्नुभयाे।

त्यसअघि आजै विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको शिक्षामन्त्री अशोक राईले जवाफ दिनुभएकाे थियाे । त्यसपछि विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको थियो।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ४ : ५३ बजे