बढी भाडा लिने ३१ जना नियन्त्रणमा

तेस्रो लिङ्गीलाई जिस्क्याउँदा २ जना घाइते

काठमाडौं। काठमाडौंको पेप्सीकोलामा तेस्रो लिङ्गीको आक्रमणबाट २ जना घाइते भएका छन्।

शुक्रवार राति मदिरा सेवन गरेका दुई व्यक्तिले तेस्रो लिङ्गीलाई जिस्क्याउँदा विवाद उत्पन्न भएपछि कुटपिटका क्रममा उनीहरु  घाइते हुनुका साथै सवारी साधनमा समेत तोडफोड भएको हो ।

तेस्रो लिङ्गीको समूहले विवाद गर्दा केहीबेर तनाव उत्पन्न भएको र ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । घाइतेको अहिले उपचार भइरहेको छ।

स्थानीयका अनुसार प्रहरीलाई समेत स्थिती नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो। ढुंगा हान्न थालेपछि प्रहरी आफै भागेको थियो ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ७ : ५८ बजे