बढी भाडा लिने ३१ जना नियन्त्रणमा

नेपाल र रोमानियाबीच श्रम सम्झौता

काठमाडाैँ । नेपाल र रोमानियाबीच श्रम तथा सामाजिक सुरक्षाका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।

शुक्रबार रोमानियाको श्रम तथा सामाजिक ऐक्यबद्धता मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच दुई देशका अधिकारीले एमओयूमा हस्ताक्षर गरेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपालको आकर्ष रोजगार गन्तव्यकाे रुपमा रहेकाे युरोपेली मुलुक रोमानियासँग श्रम सम्झौता भएसँगै अब रोमानिया नेपालीका लागि सुरक्षित रोजगार गन्तव्य मुलुक बनेको छ । 

यसअघि श्रम सम्झौता नभए पनि नेपालीहरू रोजगारीका लागि रोमानिया  गइरहेका थिए । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र मिनिष्ट्री अफ लेबर एण्ड सोसियल सोलाडिरिटी अफ रोमनियाका मन्त्री सिमोना बुकुरा अप्रेस्कुले श्रम समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । नेपाल र रोमानियाबीच् कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि श्रम समझदारी भएको छ । 

रोमानियामा सामाजिक सुरक्षाको हक कुनै पनि आप्रवासी कामदारले स्थानीय श्रमिक सरह पाउने व्यवस्था भएकाले अब नेपाली श्रमिकले पनि सो सुविधा पाउने भएका छन् । 

हाल रोमानियामा १५ हजार ५९० नेपाली कामदार कार्यरत छन् । उक्त संख्या रोमानियामा गैरईयू देशका विदेशी नागरिकमध्ये दोस्रो ठूलो हो ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ५ : ०८ बजे