काठमाडाैं । गोली लागेर घाइते भएकी नेपाल प्रहरीका एक पूर्वप्रहरी महानिरीक्षकका निजी सुरक्षा अधिकृतकी श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ ।
पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) धुव्रबहादुर प्रधानका पीएसओ लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको मृत्यु भएको हाे । उनले आत्महत्या गर्न पेस्तोल पड्काएको आशंका गरिएको थियो ।
पुलिस अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार ९ : ०२ बजे
प्रतिक्रिया