दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेपालगञ्जमा दिउसो निषेधाज्ञा, राति कर्फ्यु

​​​​​​​बाँके – नेपालगञ्जमा लगाइएको कर्फ्यु र निषेधाज्ञा क्रमशः खुकुलो बनाउन थालिएको छ ।

खासगरी धार्मिक समूह बीचको हिंसात्मक झडप पछि स्थानीय प्रशासनले नेपालगञ्ज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरी प्रहरी र सेना परिचालन गरेको थियो ।

तर सर्वपक्षीय सहमति पछि प्रशासनले हिजैदेखि दिउँसोको कर्फ्यु हटाएको थियो ।

आज पनि प्रशासनले दिउँसोका लागि नगर क्षेत्रमा निषेधाज्ञा मात्र जारी गरेको छ । पाच जनाभन्दा बढी व्यक्ति एकसाथ हिँडडुल गर्न, पर्चा पम्पलेट टाँस्न प्रतिबन्ध लगाईएको छ । तर राति ८ बजेदेखि भोलि अर्थात शनिबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।

निरन्तर अनुगमन र स्थानीय भद्रभलादमी तथा संस्थाहरूको पहलका कारण नगर क्षेत्रमा बिहीबार अपेक्षा भन्दा बढी नै शान्त वातावरण देखिएको थियो ।

 

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ७ : २७ बजे