रूसी आक्रमणमा परी पूर्वी युक्रेनमा एकाउन्न जनाको मृत्यु

काठमाडौँ – युक्रेनको पूर्वी गाउँमा बिहीबार भएको रूसी आक्रमणमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले बताएका छन् ।

युक्रेनी प्रहरीले सार्वजनिक गरेको फुटेजमा ग्रोजा गाउँमा ठूलो मात्रामा धुवाँको मुस्लो देखिएको भग्नावशेषबाट कैयौँ मृत शरीरलाई उद्धारकर्मीले लगेको देखिएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणमा मारिएका व्यक्तिप्रति सम्मान व्यक्त गर्दै शवमाथि घुँडा टेकेर खिचिएको तस्बिर पोस्ट गर्नुभएको छ ।

खार्किभको उत्तरपूर्वी क्षेत्र, जहाँ हाल कूल ३३० जना जनसङ्ख्या रहेको छ, मा रहेको उक्त गाउँमा शोक व्यक्त गर्नेहरू एक क्याफेमा थिए र सोही भवनको एउटा पसलमा मृतकका आफन्तहरू थिए ।

गृहमन्त्री इगोर क्लाइमेन्कोले राष्ट्रिय टेलिभिजनलाई सम्बोधन गर्दै भन्नुभएको छ, “एक जना मृतक गाउँलेको सम्झनामा श्रद्धाञ्जलि सभा आयोजना गरिएको स्थानमा आक्रमण भएको छ ।”

उहाँका अनुसार ६० जनाको सहभागिता रहेको कार्यक्रममा मृत्यु हुनेमा एक छ वर्षीय बालकदेखि विभिन्न उमेरसमूहका मानिस रहेका छन् ।

अग्रस्थानमा रहेको शहर कुपियान्स्कबाट ग्रोजा ३० किलोमिटरभन्दा बढी दूरीमा अवस्थित छ जहाँ युक्रेनी सेनाले रूसी सेनासँगको लडाईमा गत वर्ष गुमाएको क्षेत्र फिर्ता लिन प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ६ : ४८ बजे