सुनको मूल्यमा नयाँ कीर्तिमान

क्रिकेटमा विश्वकिर्तिमानी बनाएपछि दीपेन्द्रसिंह ऐरीकाे जवानबाट हवल्दारमा बढुवा

काठमाडौं । नेपाल प्रहरीले क्रिकेटमा विश्वकिर्तिमानी बनाएपछि क्रिकेटर दीपेन्द्रसिंह ऐरीकाे बढुवा गरेकाे छ । 

उनी प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका छन् । 

प्रहरी प्रवक्ता कुवेर कडायतले क्रिकेटमा विश्वकीर्तिमान राखेको सम्मानस्वरूप उनलाई बढुवा गर्ने निर्णय गरिएको जानकारी दिए । प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) ले सो निर्णय गरेको हो ।

नेपाली क्रिकेटमा उनको योगदानको कदरस्वरूप विशेष बढुवा गरिएको प्रवक्ता कडायतले बताए ।

नेपाल प्रहरीमा सेवारत ऐरीले नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मंगोलियाविरुद्ध  १० बलमा ८ छक्का प्रहार गरेर विश्वकिर्तिमानी बनाएका थिए । उनले  ९ बलमा अर्धशतक पुरा गरेर अर्काे विश्व किर्तिमानी समेत बनाएका थिए ।
 

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ५ : ३४ बजे