१ प्लेट पास्ताको ७० हजार बिल आएपछि…

काठमाडौं । मूल्य नसोधी खानेकुरा खाइसकेपछि कैयौं पटक मानिसहरू समस्यामा पर्छन् । किनकि त्यहाँ त्यो खानाको मूल्य अनुमान गरेभन्दा धेरै हुन सक्छ । अमेरिकाको विस्कन्सिनमा बस्ने जुम्ल्याहा दिदीबहिनीको साथमा पनि यस्तै भएको छ ।

टिकटकमा युवतीहरूले साझा गरेको कथा देखेर मानिसहरू छक्क परेका छन्। फ्रान्सको भ्रमण गर्न गएका स्पेनको म्याड्रिडका ट्राभल इन्फ्लुन्सर क्यासिडी र लेआ आर्मब्रस्टरले आइतवार टिकटकमा एउटा भिडियो सेयर गरे । भिडियोमा यी दिदीबहिनीहरू कलेजका केही साथीहरूसँग थिए । यहाँको डुङ्गा रेस्टुरेन्टबाट अर्डर गरेको खानाका कारण उनीहरू आपतमा परे ।

उनीहरूले डुङ्गाको रेस्टुरेन्टबाट लबस्टर पास्ता अर्डर गरे। पास्ता नर्मल रेटको हुन्छ भन्ने लागेको थियो तर एक घण्टापछि अर्डर आउँदा उनीहरू चकित परे । वास्तवमा उनीहरूलाई दिइएको बिल यति धेरै थियो कि बिलमा केही गल्ती भएजस्तो लाग्थ्यो। रेष्टुरेन्टले कूल बिल ५०० युरो (७० हजार रूपैयाँ) उठाएको थियो ।

बिललाई लिएर उनीहरूको रेस्टुरेन्ट सञ्चालकसँग झगडा भएको थियो । स्थानीय बासिन्दाले पनि युवतीलाई साथ दिएका थिए तर झगडाले थकित भएपछि उनीहरूले पूरा पैसा दिए । दिदीबहिनीको यो पोस्टमा मानिसहरुले धेरै कमेन्ट गरेका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्– तिमीहरू लुटिएका छौ । अर्काले लेखेका छन्– तिमीहरूले पहिले मूल्य थाहा पाउनुपर्थ्यो। एक प्रयोगकर्ताले लेखेका छन्– यो पास्ता तिमीहरूको जीवनको सबैभन्दा ठूलो गल्ती थियो । यो पहिलो घटना होइन, यसअघि पनि अन्य देशको यात्रामा मानिसहरु यस प्रकारको ठगीको सिकार भएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ५ : २३ बजे